२०७९ बैशाख २७, मंगलवार १०:००
मिडियाखबर
काठमाडौं । बजारमा कालोबजारी मौलाउँदासमेत सरकारका जिम्मेवार निकाय रमिते बनेको आरोप उपभोक्ता अधिकारकर्मीले लगाउँदै आएका छन् । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले बजारमा एलपी ग्यास उद्योग र थोक बिक्रेताबाटै कालोबजारी हुँदासमेत बजार अनुुगमनको जिम्मेवार निकाय एक/दुुईवटा खुद्रा पसलेलाई जरिवाना गरेको नाटक मात्रै गरेको आरोप लगाए ।
“युुक्रेन–रुसबीचको युुद्धका कारण देखाउँदै व्यापारीले पछिल्लो तीन महिनादेखि बजारमा हरेक सामानको भाउ अस्वाभाविक रूपमा महँगो भएको छ तर बजार अनुुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजारमा जुन तरिकाले बजारको हस्तक्षेपकारी अनुुगमन हुनुुपथ्र्यो, त्यो हुन सकेको छैन,” महर्जनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया