☰ open

मतगणना अर्को दुई सातासम्म पनि नसकिने

२०७९ जेष्ठ ३, मंगलवार ०९:२०
मिडियाखबर

काठमाडौं ०३ जेठ २०७९।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले पर्सि बिहीबारसम्म सकिने भनेको मतगणना कम्तीमा अर्को दुई सातासम्म नसकिने भएको छ। उनले निर्वाचन सकिएलगत्तै गरेको दाबीमा जेठ ५ गतेसम्म निर्वाचनको परिणाम आइसक्छ भनेका थिए ।

मतगणना यही गतिमा जाने हो भने अझै पूर्ण रूपमा मत परिणाम आउन काठमाडौँ महानगरपालिकालाई एक महिना नै नलाग्ला भन्न सकिन्न। काठमाडौँ महानगरपालिकाको ३२ वडामा कुल मतदाता ३ लाख २ सय ४२ रहेकोमा ६३ प्रतिशत मत खसेको छ।

हाल काठमाडौँका ६ वटा वडाको मतगणना भइरहेकोमा एउटा वडाको मात्र सम्पन्न भएको छ । २०७४ को मतगणनामा काठमाडौँ महानगरपालिकालाई मतगणना पूरा गर्न १४ दिन लागेको थियो। तर, यसपालिको मतगणना जनशक्तिको अभाव देखाउँदै देशैभरि सुस्त गतिमा चलेको छ। नेपाल समाचारपत्र दैनिक

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights