मिडियाखबर
काठमाडौं । देशभरका ७५३ मध्ये आधाभन्दा बढी स्थानीयको मतगणना सकिएको छ । बुधबार बिहान ६ः३० बजेसम्मको परिणामअनुसार ४१२ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा सबभन्दा बढी स्थानीय तहमा नेपाल कांग्रेसले जितेको छ । १८८ स्थानीय तहमा कांग्रेसले जित हाँसिल गरी पहिलो बनेको छ भने ११७ स्थानमा जितेर एमाले दोस्रो र तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८३ स्थान जितेको छ ।
यस्तै नेकपा (एकीकृत समाजवादी) ले ७, जनता समाजवादी पार्टीले ५ स्थान जित्दा अन्यले १२ पालिकामा जित हासिल गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीले भने हालसम्म एक स्थानमा पनि जित हाँसिल गर्न सकेको छैन् ।
गणना बाँकी रहेका स्थानीय तहहरुमा ठूला दलहरुले नै अग्रता लिइरहेका छन् । कांग्रेस १२८, एमाले ८०, माओवादी केन्द्र ३२ स्थानमा अगाडि छन् । त्यसैगरी एकीकृत समाजवादी १५, जसपा २९, लोसपा १० र अन्यले १५ स्थानमा अग्रता कायम गरेका छन् ।
स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत वैशाख ३० गते मतदान भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया