☰ open

काठमाडौंको फोहोर पाँच दिनभित्र उठिसक्ने

२०७९ जेष्ठ ५, बिहीबार ०८:४७
मिडियाखबर

काठमाडौं । काठमाडौंको सडमा थुप्रिएको फोहोर तत्काल कुनै अवरोध सृजना नभए पाँच दिनभित्र उठिसक्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । स्थानीय निर्वाचन अघिदेखि सडकमा थुप्रिएको फोहोर मंगलबारबाट उठाउन थालिएको छ ।

यदि नुवाकोटको ल्याण्डफिल्ड साइडमा स्थानीयले अवरोध नगर्ने हो र पानी परेर बाटो नविग्रने हो भने सहरका सडकमा थुप्रिएको फोहोर पाँच दिनमा उठिसक्ने काठमाडौं महानगरका वातावरण विभागका प्रमुख सरिता राईले बताए । राईले भने, ‘सडकमा निर्वाचन अघिदेखी फोहोर थुप्रिएको थियो । मंगलबारबाट ल्याण्डफिल्ड साइडमा लैजान सुरु गरिएको छ । केही अवरोध आएन भने पाँच दिनमा सडकको फोहोर उठिसक्छ ।’

फोहोर खसाल्नका लागि ल्याण्डफिल्ड साइडको माथि जानुपर्ने भएकाले पानी परे माथि उकालो चढ्न नै समस्या हुने भएकाले बर्षात भए फोहोर उठाउन समस्या हुने राईले बताए । काठमाडौंको फोहोर व्यवस्थापन गरिँदै आएको ल्याण्डफिल्ड साइडमा केही व्यवस्थापन गर्नुपर्ने भएकाले १५ दिन अघिदेखि सडकको फोहोरलाई सानो सवारी साधामा उठाएर टेकुस्थित ट्रान्सफर स्टेसनमा राखिँदै आएको थियो । तर, टेकुका स्थानीयले लामो समयसम्म फोहोर राख्दा दुर्गन्ध फैलिएको भन्दै अवरोध गरेपछि सडकको फोहोर उठ्न सकेको थिएन । हाल ल्याण्डफिल्ड साइडको समस्या सल्ट्याइएपछि फोहोर लैजान थालिएको हो ।गोरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights