☰ open

धनुषाको सबैला नगरपालिकामा माओवादी विजयी

२०७९ जेष्ठ ७, शनिबार २१:१७
मिडियाखबर

धनुषा — सबैला नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार कारीराम यादव ४ हजार २ सय १२ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार जगतसुन्‍दर साह मधुपलाई १ हजार ३६ मतान्तरले पराजित गरेका हुन् । पराजित जगत सुन्‍दर साह मधुपले ४ हजार ७६ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०की उम्मेदवार रहिमा खातुन ४ हजार ६ सय ९९ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी ९एमाले०की उम्मेदवार किरणकुमारी कापरले ३ हजार ६ सय ४ मत ल्याएकी छन् ।

सबैला नेकपा माओवादी केन्द्रका नेता मातृका यादव र रामसिंह यादवको गृहजिल्ला समेत हो । मेयरमा निर्वाचित कारीराम उनका भाइसमेत हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights