☰ open

माओवादीले भुइतहको वर्गीय मुद्धाहरु उठाएकै कारण जनताले माया गरे

२०७९ जेष्ठ ११, बुधबार १९:२४
मिडियाखबर

रामसिंह यादब–पूर्वमन्त्री एवं

केन्द्रिय सदस्य ( नेकपा माओवादी केन्द्र )
माओवादी केन्द्रले चुनावी गठबन्धन गरेर पनि तेस्रो स्थान मात्र प्राप्त ग¥यो । यसलाई यहाँले कसरी लिनु भएको छ ?

माओवादी ऐतिहासिक परिवर्तन गरेको पार्टी हो । देशको राजनीतिक परिवर्तनमा माओवादीको योगदान महत्वपूर्ण रहेको छ । गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक, समावेसिता जस्ता उपलब्धीमा माओवादी पार्टीको भूमिका विशेष रहेको छ । स्थानीय तहको निर्वाचनमा माओवादीले सोचेको परिणाम नआएपनि निराशाजनक स्थिति छैन । ०७४ को स्थानीय तहको निर्वाचन भन्दा यसपालीको निर्वाचनमा हाम्रो पार्टी अझ शक्तिशाली बनेर आएको छ । अझ स्पष्ट भन्नुपर्दा यसपालीको निर्वाचनको परिणामले माओवादीलाई ‘किङ मेकर’ बनायो । माओवादीले भुइतहको वर्गीय युद्धाहरु उठाएकै कारणले जनताले धेरै माया गरेका छन् । पार्टी भित्रको अन्तरसंघर्ष र अन्तरघातको कारणले केहि स्थानहरुमा आफ्नो पकड गुमाउनु परेको हो । जोडघटाउने हिसावले पार्टीको ‘पोजिसन’ तेस्रो भएपनि मूलतः हाम्रो जित भएको छ भन्दा अत्युक्ति नहोला ।


माओवादी पार्टीको मुख्य नेतृत्व तथा सैद्धान्तिक विचलनले गर्दा स्थानीय निर्वाचनमा पार्टीको पराजय भएको हो ?
यी दुवै कारणमा कुनै सत्यता छैन । मुख्य नेतृत्व असफल भएको पटक्कै छैन । बरु अझ मजबुत ढंगले मुख्य नेतृत्वले काम गरेको पाइन्छ । अर्को कुरा पार्टीमा सैद्धान्तिक विचलन आएको छैन । आज पनि नेपाली जनताका अझ गरिव उत्पीडनका रहेका तमाम मानिसहरुका मुद्दा माओवादीले मात्र बोकेको छ । माओवादीकै एजेन्डाहरुलाई अरु पार्टीले अनुशरण गरेका छन् । केहि कार्यन्वयन पक्षमा कमजोर भएको नहोला भन्न म सक्दिन तर मूलभूत मुद्दाहरु विपरित पार्टीले कसैसँग सम्झौता गरेको छैन । हाम्रोे पार्टी पराजय भएको छैन । जोड घटाउको हिसावले हामी तेस्रो भएपनि एजेन्डाका हिसावले पहिलो अर्थात अग्रपङ्तिमा छौं ।
यहाँको पार्टीले गलत मानिसलाई टिकट दिएर धेरै ठाउँमा हार भएको भन्ने सुनिन्छ । के यो साँचो हो ?
पार्टीले सकेसम्म योग्य, क्षमतावान र इतिहास बोकेका मानिसहरुलाई टिकट दिएको थियो । त्यसैको परिणामस्वरुप ०७४ को भन्दा राम्रो परिणाम आएको हो । कुनै कारणवस कमजोर नेता कार्यकर्ताहरुलाई चुनावको टिकट केहि ठाउँमा दिइयो होला तर गलत मानिसको हातमा टिकट परेको थिएन । गठबन्धनलाई हामीले सबै ठाउँमा गर्न सकेनौं । महानगर, उपमहानगर र केहि नगरपालिकामा मात्र गर्न सक्यौं, त्यो हामी सबै गठबन्धन पार्टीहरुको कमजोरी रह्यो । अब संघीय संसदको चुनावमा गठबन्धनमा यस्तो कमजोरी रहने छैन । हाम्रो गठबन्धन अझ मजबुत ढंगले अघि बढ्ने छ । तर हाम्रो गठबन्धनलाई खलबलाउन अनेक तत्वहरु लागी परेका छन् । यसतर्पm हाम्रो पार्टी विशेष सचेत रहनु पर्दछ ।
मधेस प्रदेशमा माओवादी केन्द्रले पाँचौ स्थान प्राप्त ग¥यो स्थानीय चुनावमा तर यहाँले माओवादी कमजोर भएको छैन भनेर भनिरहनु भएको छ । के हो यसको प्रमुख कारण ?
माओवादी पार्टी मधेस प्रदेशमा विगत भन्दा अलिक कमजोर भएको छ । त्यसको प्रमुख कारण पार्टी भित्रको आन्तरिक कारण हो । निर्वाचन परिचालन अलिक सन्तुलित ढंगले पनि हुन सकेन । गठबन्धनमा समयमै राम्रो होमवर्क हुन सकेन । त्यसैको कारण हामी यो प्रदेशमा अलिक कमजोर भएको कुरा साँचो हो ।
पार्टी भित्र नातावाद, कृपावाद अलिक बढी भयो भन्ने सुनिन्छ । के हो वास्तविकता ?
नेपाली राजनीतिमा भएको कमजोरी र विकृति हो । तर हाम्रो पार्टीमा नातावाद, कृपावाद अरुको भन्दा धेरै न्यून छ । हाम्रो पार्टीमा कसैको छोरी, भाइ, भतिजा तथा परिवारका सदस्यले टिकट पाएका छन् तर उनीहरुले पार्टीमा गरेका त्याग, बलिदान आदिको कारणले पाएका हुन् । पार्टीमा कामै नगरि उनीहरुले टिकट पाएका होइनन् । उनीहरुको पार्टीमा काम गरेपछि हक पनि लाग्छ । उनीहरुको हक अधिकारको हनन गर्न कसैले मिल्दैन ।

काठमाडौं महानगर लगायत थुप्रै ठाउँमा स्वतन्त्र उम्मेदवारहरु विजय भएका छन् । यसलाई यहाँले कसरी लिनु भएको छ ?
यहाँले थुप्रै ठाउँमा स्वतन्त्र उम्मेदवार आएका छन् भन्नु भयो त्यो कुरा सत्य होइन । कुन निर्वाचन क्षेत्रमा २-३ प्रतिशत पनि स्वतन्त्र उम्मेदवार पनि विजयी भएर आएका छैनन् । राजनीतिक दलमा वितिष्ठा आएको कारणले स्वतन्त्र उम्मेदवार आएका हुन् भन्ने मलाइ लाग्दैन । राजनीतिक पार्टीमा सोच विचार कमी भएको भने पक्कै हो । राजनीतिक दल शतप्रतिशत ठिक भएको थिए भने स्वतन्त्र उम्मेदवार आउने थिएनन् । स्थानीय निर्वाचनमा राम्रा मान्छे स्वतन्त्रपूर्णक जित्ने कुरालाई सकारात्मक रुपमा लिनु पर्दछ ।
यहाँको पार्टीको नेता आर्थमन्त्री हुनुहुन्छ । आफ्नै पार्टीको अर्थमन्त्र भएको बेला अर्थतन्त्र किन संकटमा परिरहेको छ ?
अर्थतन्त्र अहिले संकटमा पर्नु अहिलेको अर्थमन्त्री मात्रै दोषी होइन । हिजो देखि नै सरकारले गरेका गलत नीतिका कारण अर्थतन्त्र संकटमा परेको हो । अहिलेको अर्थमन्त्री डाइनामिक हुनुहुन्छ । उहाँ हाम्रो पार्टीको राम्रो मान्छे हो । उहाँ आफ्नो भूमिकामा कमजोर हुनुहुन्न । देशको परिस्थितिले अहिले वहाँले भने जस्तो कार्य गर्न नसकेको हो ।
अर्थतन्त्र संकट भएको बेला सरकारको कर्मचारी तलव भत्ता बढाउने भएको छ । यसलाई कसरी लिनु भएको छ ?
कर्मचारी भनेको यहि देशको नागरिक हो । उनीहरुको पनि परिवार हुन्छ । उनीहरुका थुप्रै समस्याहरु हुन्छन् । त्यसको व्यवस्थापन गर्ने राज्यको दायित्व हो । कर्मचारीले पनि अर्थतन्त्र संकट भएको बेला ठूलो अपेक्षा गर्नु हुदैन । कर्मचारी खुशी भए सरकारले ल्याएको जनमुखी कार्यक्रमहरु सहज सम्पादन गर्न सक्छन् । कर्मचारीलाई आफ्नो जनजिविका चलाउन अप्ठ्यारो पर्ने गरी तलवमान कायम भयो भने भ्रष्टाचार बढ्ने प्रवल संभावना हुन्छ । कर्मचारीले इमान्दारपूर्वक राष्ट्र सेवामा समर्पित भए मात्र देश समृद्ध हुन्छ ।
आगामी बजेट कस्तो हुनुपर्छ ? कुन कुन कुरामा प्राथमिकता आवश्यक छ ?
आगामी बजेट जनमुखी हुनुपर्दछ । कार्यान्वयन हुनसक्ने बजेटको आकार ल्याउनु पर्दछ । कृषि, स्वास्थ्य र शिक्षामा बजेटको आकार बढाउनु पर्दछ । शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले यस क्षेत्रमा बजेटको आकार नबढाई सरकार अघि बढ्नु हुँदैन । कृषि उत्पादनलाई बढाई त्यसभित्रको रोजगारी सृजना गर्नु पर्दछ । कृषि उत्पादन बढाउन सकेमात्र कृषिमा भएको परनिर्भरतालाई कम गर्न सकिन्छ, जसको कारण अहिले भइरहेको व्यापार घाटालाई कम गर्न टेवा पुग्दछ ।
बजेटको पूर्वसन्ध्यामा सरकारले नीति तथा कार्यक्रम घोषणा गरेको छ । कृषि तथा औद्योगिक उत्पादन र उत्पादकत्व बढाउने, आर्थिक वृद्धि गर्ने रोजगार बढाउने, गरिवी घटाउने निर्यात प्रवद्र्धन र आयात विस्थापन गर्ने, सीमान्तकृत समुदायका समस्या सम्बोधन गर्ने, समुन्नत नोल बनाउने थुपै्र कार्यक्रमहरु अघि सारेको छ । तर यसको कार्यान्वयनमा सरकारले कत्तिको प्रभावकारी देखाउछ, यो महत्वपूर्ण कुरा हो । हिजोका सरकारले पनि थुप्रै आकर्षक कार्यक्रमहरु पनि नल्याएको होइन । तर ती कार्यक्रमहरु कार्यान्वन्यन नगर्दा अर्थतन्त्र अहिले झन–झन सेवाग्रस्त बन्दै गएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम दिशाहीन र गन्तव्यहीन दस्तावेज मात्र बन्नु हुदैन ।

प्रकासित मिति २०७९–२–११
प्रस्तुति नन्दलाल खरेल

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights