☰ open

सरकारले कर्मचारीको तलब १५ प्रतिशतले बढायो

२०७९ जेष्ठ १५, आईतवार १९:५१
मिडियाखबर

काठमाडौं।

सरकारले कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ। मासिक २ हजार रुपैयाँ भत्तालाई निरन्तरता दिइएको छ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशतले बढाएका हुन्। यससँगै अब विभिन्न तहका कर्मचारीको तलब कम्तिमा ३५ सय २० रुपैयाँदेखि १०२६० रुपैयाँसम्म बढेको छ।

बढेको तलब निजामतीका साथै प्रहरी, सेना, शिक्षक र प्राध्यापकहरुका लागि पनि लागू हुनेछ।

कर्मचारीहरुको सेवा सुविधा प्रत्येक २/२ वर्षमा पुनरावलोकन गर्ने परिपाटी रहेपनि कोभिड असरले गर्दा चालु वर्षमा दुई हजार भत्ता मात्रै वृद्धि गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights