मिडियाखबर
नेपाल बैंकले ‘आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता’ नामक पुस्तिका सार्वजनिक गरेको छ । एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी, नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र होम बहादुर खड्का, प्रधान कार्यालयका विभिन्न विभाग तथा डिभिजनका प्रमुखहरू लगायतको उपस्थितिमा उक्त पुस्तिका विमोचन गरिएको थियो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले सम्पूर्ण नेपालीहरूमा वित्तीय ज्ञान र चेतनाको स्तरमा अभिवृद्धि गर्न सो पुस्तिका उपयोगी हुने विश्वास व्यक्त गर्दै वित्तीय साक्षरता कार्यक्रमहरूको प्रभावकारिताबाट नै आर्थिक समृद्धि हुन सक्ने विचार व्यक्त गरे । सहायक प्रमुख कार्यकारी अधिकृत खड्काले नेपाल राष्ट्र बैंकको मार्ग निर्देशन बमोजिम वित्तीय साक्षरताका कार्यक्रमहरू अगाडि बढाइएको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया