☰ open

नेपाल इन्भेष्टमेन्ट बैक र मेगा बैंकबीच आपसी मर्जरमा जाने समझदारी

२०७९ जेष्ठ २८, शनिबार १६:४६
मिडियाखबर

काठमाण्डौ २८ जेठ २०७९ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेड बीच एकआपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा शुक्रबार हस्ताक्षर गरेका छन् ।
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा मेगा बैंक नेपाल लिमिटेडको तर्फबाट अध्यक्ष भोजबहादुर शाहले समझदारीपत्रमा हस्ताक्षर गरी मर्जरको लागि औपचारिक रुपमा कार्य शुभारम्भ गरेका हुन् ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा मेगा बैंक नेपाल लिमिटेड दुबै वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंकहरुको रुपमा सबल एवम् सक्षम संस्थाको रुपमा सुपरिचित रहेका छन् । मर्जर पछि बैंकको नाम “ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड” हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योती प्रकाश पाण्डे रहने सहमति भएको छ । त्यसैगरी मर्जर पछि बन्ने बैंकको नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहने जनाइएको छ ।
हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको चुक्ता पू‘जी रु.१८.३१ अर्ब तथा मेगा बैंक लिमिटेडको चुक्ता पू‘जी रु. १६.१२ अर्ब रहेकोमा दुबै बैंक एक भएपछि बैंकको चुक्ता पू‘जी रु.३४.४३ अर्ब भै सबैभन्दा बढी चुक्ता पू‘जी भएको बैंक बन्नेछ । त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको जगेडा तथा कोष रु. १४.८२ अर्ब र मेगा बैंक नेपाल लिमिटेडको रु. ५.९२ अर्ब, कर्जा लगानी तर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको रु. १७३.४६ अर्ब र मेगा बैंक नेपाल लिमिटेडको रु. १५०.४६ अर्ब र निक्षेप तर्फ नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको रु. १८२.०१ अर्ब र मेगा बैंक नेपाल लिमिटेडको रु. १५२.०८ अर्ब रहेको हुँदा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुनेछ ।
दुबै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पूँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकवर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्ने विश्वास र प्रतिवद्धताका साथ यो मर्जर कार्यमा लागेको दुबै बंैकका अध्यक्षहरुले जानकारी गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights