☰ open

जानकी मेडिकल कलेजले निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

२०७९ जेष्ठ २८, शनिबार १६:५३
मिडियाखबर


धनुषा २८ जेठ २०७९ ।

धनुषास्थित जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताल मधेश प्रदेशको अगुवा संस्था हो। गुणस्तरीय मेडिकल शिक्षा प्रदान गर्दै दक्ष डाक्टरहरु उत्पादन गर्ने लक्ष्य दिएर अगाडि बढीरहेको यस मेडिकल कलेजले सामाजिक कार्यहरु समेत गर्दै आइरहेको छ। जानकारी मेडिकल कलेजले गुणस्तरीय उपचार तथा स्वास्थ्य सेवा दिँदै आइरहेको छ। मेडिकल कलेजले नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन समय समयमा निस्शुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आइरहेको छ।
मेडिकल कलेजले महोत्तरी र धनुषामा दुई दिने वृहत निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने लागेको छ। महोत्तरी र धनुषामा २९ गते र ३० गते निस्शुल्क स्वास्थ्य शिविरको आयोजना हुन लागेको हो। मेडिकल कलेजले इजरायलको नेपालस्थित राजदुतावास र टेल अभिभ सौरस्काइ मेडिकल सेन्टर इचिलोभ हस्पिटल इजरायलको संयुक्त आयोजनामा निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो। दुई दिनको उक्त शिविरबाट हजारौंले सेवा लिन सक्नेछन् ।
शिविरमा मेडिकल कलेजका प्रतिष्ठित चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीसँगै इजरायलका प्रतिष्ठित डाक्टरहरुको समेत सहभागिता रहनेछ। मेडिकल कलेजका फ्याकेल्टी प्रमुख डा रामप्रसाद उप्रेतीले यो शिविरका कारण नागरिकले गुणस्तरीय सेवा पाउनुका साथै नेपाल र इजरायलको सम्बन्धमा थप उचाइ प्रदान गर्ने जानकारी दिनुभयो।
शिविरसँगै जानकी मेडिकल कलेजले कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि लक्षित गर्दै तालिम समेत आयोजना गरेको छ। उक्त तालिममा इजरायलबाट आएका चिकित्सकहरुको टोलीले नयाँ नयाँ विषयमा जानकारी दिनुका साथै आफ्ना अनुभव समेत सुनाउने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: