☰ open

अबको १० दिनमा फोहोर सबै उठिसक्ने

२०७९ जेष्ठ २९, आईतवार १०:४३
मिडियाखबर

काठमाडौं । राजधानीको सडक गल्लीमा थुप्रिएको सबै फोहोर १० दिनभित्र उठाइने भएको छ। काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले शुक्रबार १ सय ५३ र शनिबार करिब २ सय ५० ट्रक फोहोर बन्चरे ल्यान्डफिल साइटमा बसालेको थियो। कामपा बन्चरेडाँडा ल्यान्डफिल साइटका इन्जिनियर सरकारद्वीप श्रेष्ठले अब दैनिक करिब ३ सय ट्रिपर फोहोर विसर्जन गर्ने जानकारी दिए।

उनका अनुसार शुक्रबार बिहान १ बजे स्थानीय र कामपाबीच १८ बुँदे सहमति भए लगत्तै सडकमा थुप्रिएको फोहोर ल्यान्डफिल साइटमा लगिएको हो। मौसमले साथ दिएमा अबको १० दिनभित्र उपत्यकाको सबै सडकमा थपिएको फोहोर ल्यान्डफिल साइटमा व्यवस्थापन गरिसक्ने उनको दाबी छ। कामपाले स्थानीयसँग सम्झौता भए लगत्तै सबै वडा कार्यालयलाई तत्काल फोहोर उठाउने व्यवस्था गर्न निर्देशन दिएको थियो। समाचारपत्र

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights