☰ open

रामसुन्दरको कथा सङ्ग्रह ‘प्रेमिल गन्तव्य’ सार्वजनिक

२०७९ जेष्ठ ३०, सोमबार २०:१६
मिडियाखबर

ललितपुर,३० जेष्ठ २०७९ ।

साहित्यकार राम सुन्दर केसीको तेस्रो कथा सङ्ग्रह ‘प्रेमील गन्तव्य’ सार्वजनिक भएको छ । कृतिको एक समारोह विच विमोचन गरिएको छ । जिल्ला समन्वय समितिका सभापति ऋषिदेव फुँयाल,त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा .कृष्ण प्रसाद दहाल, महाँकाल गाउँपालिका अध्यक्ष गणेश केसी, उपाध्यक्ष डोल्मा माया गोले , सुनगाभा साहित्य सदनका संस्थापक अध्यक्ष गोविन्दप्रसाद पराजुलीले उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा २०७९ को स्थानीय तहको निर्वाचनमा महाँकाल गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा सम्मान गरिएको थियो। कार्यक्रममा सुनगाभा साहित्य सदनको २१औं अंक समेत सार्वजनिक गरिएको थियो। प्राध्यापक डा . कृष्ण प्रसाद दहालले आफ्नो धरातल र परिवेशलाई लेखकले कृतिमा समेटेको कृतिमा प्रेम तत्व गौण भएर आएको बताए ।

सुनगाभा साहित्यका सल्लाहकार साहित्यकार गोपाल संजेलले नेपाली साहित्यले एउटा उत्कृष्ट कथा संग्रह प्राप्त गरेको बताए । बौद्ध धर्म गुरु खेन रिनपोक्षे गेसे ङिमा तामाङले धर्म संस्कृति रीतिरिवाज र साहित्य मानव जीवनमा महत्त्वपूर्ण रहेको बताउदै उनले महाँकाल गापमा सबै खालको धर्म संस्कृति रहेकाले यहाँका मानिसले बौद्ध हिन्दु र अन्य धर्मलाई एउटै रुपमा मान्दै आएको बताए । उनले महाँकालकाे विकास जनप्रतिनिधीले मात्र गर्ने होइन जनताले पनि आफनो ठाउँबाट सहयोग गर्नु पर्ने धारणा राखे ।

जिल्ला समन्वय समितिका प्रमुख ऋषि देव फुयाँलले जिससबाट प्राप्त हुने जस्तो सुकै सहयोग दिन तयार रहेको बताए। उनले कला संस्कृति साहित्य संरक्षणमा सुनगाभा साहित्य सदनले गरेको कार्य प्रति खुसी व्यक्त गरे ।गाउँपालिका प्रमुख गणेश बहादुर केसीले स्कुल पढ्दा कविता लेख्ने गरेको बताउँदै उनले सुनगाभा साहित्य सदनको बारे कविता वाचन गरे ।

उनले पालिकामा साहित्यको विकासको लागि आफ्नो सक्दो सहयोग रहने प्रतिवधता व्यक्त गरे कृतिका लेखक रामसुन्दर केसीले पुस्तकमा यही समाजका विविध पक्ष र पाटाहरुलाई उजागर गरेको प्रष्ट पार्दै उनले स्रष्टालाइ बचाउने पाठक हो, अहिलेको समय कथा कविता पढ्ने पाठकहहरु कमी रहेको बताए । साहित्यकार, लेखक, कवि रत्न विरही घिमिरे, विश्वनाथ संजेल,शिव घिमिरे, राजकुमार बजगाईं, दिपेश तिमल्सिना लगायतले कविता गजल बाचन गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights