☰ open

मधेस प्रदेशको बजेट ४६ अर्ब ८८ करोड ०९ लाख ४८ हजार

२०७९ असार २, बिहीबार ०९:२३
मिडियाखबर

जनकपुरधाम
अगामी आर्थिक वर्षका लागि मधेश प्रदेश सरकारले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। अर्थमन्त्री शैलेन्द्र साहले आर्थिक वर्ष २०७९र८० को लागि प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन्।
विनियोजन गरिएको कुल बजेटमध्ये चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात ४६ दशमलव ४४ प्रतिशत र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात ५३ दशमलव २१ प्रतिशत बजेट रहेको छ।

वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार दुई सय, आन्तरिक राजस्वबाट चार अर्ब १८ करोड ९३ लाख ७५ हजार, कोषमा रहेको सञ्चितितर्फ ३८ करोड रहेको बजेट बक्तब्यमा जनाइएको छ। संघीय सरकारबाट राजस्व बाँडफाड बापत ११ अर्ब ६१ करोड ९८ लाख, समानीकरण अनुदानबापत सात अर्ब ८१ करोड ५८ लाख र चालु वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात ९ अर्ब ६६ करोड रहेको जनाइएको छ।

विशेष अनुदानबाट ४९ करोड र सम्पुरक अनुदानबाट ७८ करोड, ससर्त अनुदानबाट १० अर्ब ६ करोड ९१ लाख र युनिसेफबाट प्राप्त हुने अनुदान चार करोड ३३ लाख ४७ हजार गरी ४५ अर्ब चार करोड ९९ लाख २८ हजार हुँदा १ अर्ब ८२ करोड १० लाख १८ हजार दुई मात्र ऋण देखिन्छ। सो ऋण पूर्ति गर्न अगामी वर्षमा आन्तिरक ऋण परिचालन गरिने बताइएको छ।

बजेटमा आर्थिक वर्ष २०७९र८० मा कृषि क्षेत्रको विकासका लागि प्रादेशिक कृषि गुरु योजना तयार पार्न ५० लाख र कृषिलाई व्यावसायीकरण, यान्त्रिकीकरण गर्न १७ करोड ८२ लाख रुपैयाँ, पशु बीमा र कृषि सडकको निर्माण गर्न २८ करोड २० लाख बजेट छुट्याइएको छ । कृषि ज्ञान केन्द्रलाई ७ करोड २८ लाख बजेट छुट्ट्याइएको छ।

सर्सत र समपूरक अनुदानका लागि तीन अर्ब ८७ करोड विनियोजन गरिएको छ। यसैगरी मुख्यमन्त्री किसान उत्थान कार्यक्रमका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights