media khavar
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भारी मुल्य वृद्धि गरेपछि चौतर्फि विरोध आईरहेको छ । निगमसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण समेत माग गरेको छ ।
राप्रपाले निगमलाई पत्र बुझाउँदै सोमबार मूल्यवृद्धिसँग सम्बन्धित सात वटा प्रश्नको जवाफ मागेको स्रोतले जनाएको छ । राप्रपाले नेपालका अतिविशिष्ट व्यक्तिहरुलाई वार्षिक रुपमा उपलब्ध गराउने इन्धनको परिमाण, आयाल निगमका कर्मचारीले पाउने बोनस के कति हो त्यसको जानकारी दिन समेत पत्रमा उल्लेख छ ।
यस्तै पेट्रोल, डिजेल र मट्टितेलको कच्चा पदार्थको मूल्य, त्यसको प्रशोधनमा लाग्ने खर्च, सरकारलाई तिनु पर्ने कर, ढुवानीमा लाग्ने भाडासहितको विवरण माग गरिएको राप्रपाका प्रवक्ता एवम् सुशासन विभाग प्रमुख ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलको भाउ लिटरको १९९ र डिजेलको १९२ रुपैयाँ पु¥याएको छ । त्यसले गर्दा जनता मारमा परेका छन् । मुल्य वृद्धिको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियुले पनि बुटवलमा प्रदर्शन गरेको थियो । मूल्य वृद्धि तत्काल फिर्ता नभए जिल्लाव्यापी आन्दोलन चर्काउने अनेरास्ववियुको चेतावनी समेत छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया