media khavar
जनकपुरधाम उपमहानगरपालिकामा मेयरमा पराजित भएका बलराम महतो जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्ने भएका छन् । स्वतन्त्रबाटबाट मेयरका उम्मेदवार बनेर चुनाव लडेरका महतो प्रतिनिधिसभा चुनावमा उम्मेदवार बन्ने सहमतीमा जसपा प्रवेश गरेका हुन ।
जसपाले महतोलाई पार्टीमा भित्र्याउन सोमबार बेलुका जनकपुरको वेलकम होटलमा पार्टी प्रवेश कार्यक्रम राखेको राखेको छ । जसपा अध्यक्ष उपेन्द्र यादव महतोलाई पार्टीमा प्रवेश गराउन जनकपुरधाम जाने तयारीमा हुनुहुन्छ ।
अध्यक्ष यादव दिउँसो साढे ४ बजेको फ्लाइटमा काठमाडौंबाट जनकपुरधाम जाने तयारी भएको स्रोतले जनाएको छ ।
जसपाले महतोलाई आसन्न प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनाउने सहमति बनेको स्रोतले जनाएको छ । सबैला नगरपालिका घर भएका महतोले धनुषा क्षेत्र नम्बर–२ बाट उम्मेदवार बन्ने आकांक्षा राखेका छन् ।
तर, धनुषा क्षेत्र नम्बर २ नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले जितेको क्षेत्र हो । गठबन्धन भएपछि सो क्षेत्रबाट पुनः यादव नै उम्मेदवार बन्ने सम्भावना छ ।
महतोलाई जसपाले अन्य क्षेत्रबाट उम्मेदवार बनाउनेबारे पनि छलफल भइरहेको स्रोतले बताएको छ ।
महतो रमण कन्सट्रक्सनका पूर्वमालिक हुन् । उनी मेयरमा चुनाव लड्नुअघि कन्सट्रक्सन छोराको नाममा सारेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया