☰ open

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सवारी साधनको भाडामा वृद्धि

२०७९ असार ६, सोमबार १३:३४
media khavar

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भारी मुल्य वृद्धि गरेपछि सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवस्था विभागले सोमबार अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा बढाएको हो ।

त्यस्तै विभागले मालबाहक यातायातको पनि भाडा समायोजन गरेको छ । इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा भाडा समायोजन हुने गर्छ । विभागले अधिकतम ७.७ प्रतिशत भाडा वृद्धि गरेको छ । अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ ।

त्यस्तै, पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९४ तथा तराईमा चल्ने मालबाहक सवारी साधनमा ७.७ प्रतिशत भाडा बढेको छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहनेछ ।

आइतबार राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २१ रुपियाँ तथा डिजेल÷मट्टितेलमा २७ रुपियाँ बढाएको थियो । हाल पेट्रोल प्रतिलिटर १९९ रुपियाँ र डिजेल÷मट्टितेल प्रतिलिटर १९२ रुपियाँ कायम भएको छ ।

डिजेलको मूल्य २७ प्रतिशत बढेकाले सोअनुसार भाडा समायोजन गरिएको विभागले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights