२०७९ असार ६, सोमबार १४:३५
media khavar
सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा प्रमुख विपक्षी नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरकारसँग जवाफ मागेपछि सभामुख सापकोटाले रुलिङ गरेका हुन् ।
‘माननीय सदस्यहरुले उठाउनुभएको विषय (पेट्रोलियम पदार्थको मूल्यवृद्धि)मा मेरो पनि ध्यानाकर्षण भएको छ, उनले भने, सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु’ ।
आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलको भाउ लिटरको १९९ र डिजेलको १९२ रुपैयाँ पु¥याएको छ । जसको सर्वत्र विरोध भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया