☰ open

धवलागिरि अस्पतालः बढे बिरामी, घटे चिकित्सक

२०७९ असार ८, बुधबार ०९:०७
media khavar

बागलुङको धवलागिरि अस्पतालमा गर्मी लागेसँगै बिरामीको चाप ह्वात्तै बढेको छ । अहिले टोकन लिने, नाम लेखाउने, बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था रहेको छ ।

बिरामीको चाप बढेसँगै फार्मेसी र प्रयोगशालामा समेत बिरामीलाई लामो लाइन बस्नुपर्ने अवस्था छ । बिरामीको चाप ओपिडीमा मात्रै होइन, इमर्जेन्सी र भर्ना वार्डमा समेत उस्तै चाप छ । पछिल्लो सयम धवलागिरि अस्पताल निकै सुधारिएको पनि छ । अस्पतालमा टोकन प्रणाली राखिएको छ भने सरसफाइमा विशेष ध्यान दिइएको छ । तर चिकित्सकको समस्या भने अहिलेसम्म उस्तै छ ।

दरबन्दीका चिकित्सक नआउँदा करार र छात्रवृत्तिका चिकित्सकको भरमा अस्पताल चल्दा बिरामीलाई गुणस्तरीय सेवा दिन असहज भइरहेको छ । अस्पतालले जेनतेन गुणस्तरीय स्वास्थ्य सेवा दिएको बताएपनि दरबन्दीका चिकित्सक ल्याउन सकेको छैन ।

अस्पतालमा अहिले दैनिक ३०० देखि ४०० बिरामी सेवा लिन आइरहेका अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो । उहाँले मौसममा आएको परिवर्तनका कारण अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै आएको बताउनुभयो ।

उनले छालाको एलर्जी, ज्वरो, झाडापखलालगायतका बिरामी थपिएको बताउँदै गत महिनाको तुलनामा बिरामीको सङ्ख्यामा वृद्धि भएको पोखरलले जानकारी दिए । गर्मीयाममा भाइरल रोग, सरुवा रोग खानपानबाट पैदा हुने रोग बढी लाग्ने गर्दछ ।“

पछिल्लो वर्ष अस्पतालमा बिरामीको चाप निकै छ, अहिले गर्मी लागेपछि बिरामीको सङ्ख्या झन् वृद्धिभएको छ”, डा पोखरेलले भन्नुभयो, “अहिले अस्पतालबाट एकैपटक पाँच मेडिकल अधिकृतले छाडेर जानुभयो, मेडिकल अधिकृतको निकै महत्व छ, विशेषज्ञ चिकित्सकले धेरै ओपिडी विभाग हेर्नु हुन्छ, मेडिकल अधिकृत पर्याप्त नहुँदा भर्ना वार्ड, आइसीयू र इमर्जेन्सीमा सेवा दिन समस्या भइरहेको छ ।”

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights