☰ open

कोष व्यवस्थापन प्राणली (सूत्र)को सफ्टवेयर तथा मोवाइल एप्स हस्तान्तरण

२०७९ असार ९, बिहीबार १४:४९
media khavar

काठमाडौं, असार ९ – स्थानीय तहको लेखा प्रालिलाई व्यवस्थित गरि सबै पालिका लाई एउटै लेखा प्राणालीभित्र आवद्ध गर्न सुरु गरिएको स्थानीय संचित कोष व्यवस्थापन प्राणली (सूत्र) को सफ्टवेयर तथा मोवाइल एप्स विहिबार एका समारोहकाबीच नेपाल सरकारलाई हस्तान्तरण गरियो ।

बेलायती सहयोग नियोग युके एड द्वारा पीएफएमए–२ अन्तर्गत सञ्चालित सूत्र कार्यक्रम २०७४ सालमा सुरु भएको थियो । यस कार्यक्रम अन्तर्गत स्थानीय तहको लेखा प्राणलीमा एक रुपकता ल्याउन प्राविधिक र क्षमता विकास गर्ने, वित्तय संघीयतालाई सुदृढ गर्ने र सूत्रलाई कार्यान्वयन गर्ने जस्ता कार्यक्रम राखिएको थियो ।
आज हस्तान्तरण गरिएको यो सप्टवेयरले नेपालका सम्परुण ७५३ वटै स्थानीय तहलाई एउटै लेखा प्रणाली भित्र समेटेको छ । यस प्रणाली अन्तर्गत बजेट निर्माण, दैनिक खर्च विवरण, भुक्तनी प्रणाली, मासिक चौमासिक विवरण र लेखा परीक्षण जस्ता सबै पक्षलाई समेट्छ ।

कार्यक्रमा महालेखा नियन्त्रण कार्यालयका महालेखा नियन्त्रक सुमनप्रसाद अर्यालले डिजिटल शासन प्रणालीमा यो एउटा थप प्रयास भएको र यसले स्थानीय तहको लेखा प्रणालीलाई पारादर्शी र उत्तरदायी बनाउन भूमिका खेल्ने आशा गर्नुभयो । उहाँले यसमा नपुगेका विषयहरु जस्तै करसम्बन्धी लेखा प्रणालीलाई भविष्यमा समावेश गरेर पूर्णता दिन महालेखा नियन्त्रण कार्यालय सक्रिय रहने प्रतिवद्धता व्याक्त गर्नुभयो ।

कार्यक्रमा नेपालका लागि वेलायती राजदूत निकोला पोलिटले ७५३ वटै स्थानीय तहमा प्रयोग हुने यस्ता सप्टवेयर तथा एप्लिकेसले सरकारहरुको सार्वजनिक वित्तीय व्यवस्थापनमा जवाफदेहित र पारदर्शीता सुनिश्चित गर्ने विश्वास व्यक्त गर्दै यस्तो एप्लिकेस देशभित्रै निर्माण हुनु नेपालको लागि गौरवको विषय हो भन्नुभयो ।

कार्यक्रमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिव गोविकृष्ण खनालले व्यवसायिक कर, सम्पत्ति कर ई–पे सिस्टम जस्ता पक्षहरु यसमा नभएकोले यसलाई सुधार गर्दै लगिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

निलकण्ठ नगरपालिका, धादिङका मेयर निलकण्ठ ढुण्ङ्गानाले वजेट स्वीकृत, रातो कीताव निकाल्ने वजेट मौज्दात कति छ हेर्ने जस्ता सहज पक्षमा यो सप्टवयरले स्थानीय तहलाई सहजिकरण गरेको अनुभाव वताउनुभयो ।

गाउँपालिका महासंघका अध्इ मासिक चौमासिक रिपोर्ट तयार गर्ने, पारदर्शि अपनाउने सहज भएको उल्लेख गर्दै भन्नुभयो, “यसमा राम्रैराम्रा कुरा छन् । पारदर्शिता कायम गर्न सहज भएको छ ।”

नेपाल सरकारको तर्फबाट महालेखा नियन्त्रक अर्यालले उक्त वित्तीय व्यवस्थापन सफ्टवेयर ग्रहण गर्नुभयो । सुत्र नेपाल सरकारको पहल, बेलायतको आर्थिक सहयोगमा विकास गरिएको सफ्टवेयर हो र यसले सबै स्थानीय तहलाई अनीहरुको सार्वजनिक वित्त व्यवस्थापन गर्न मद्दत गर्ने छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: