☰ open

लेखापरीक्षणको प्रतिवेदन नबुझाउने १० बीमा कम्पनीलाई जरीवाना गराउने समितिको निर्णय

२०७९ असार ९, बिहीबार १८:२७
media khavar

बीमा समितिमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने १० बीमा कम्पनीहरुलाई जरीवाना गराउने निर्णय गरेको छ । बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम बीमा कम्पनीहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन बीमा समितिमा बुझाउनुपर्ने कानूनी व्यवस्था छ ।

सो बमोजिम आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई रू. १० हजार र आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाई दोस्रो पटक कानूनी व्यवस्थाको उल्लङ्घन गर्ने कम्पनीलाई थप ५०० सहित दश हजार पाँच सय जरीवाना गर्ने निर्णय समितिले गरेको हो ।

बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र बीमा समितिलाई बुझाउनु पर्ने कानूनी व्यवस्थाको उल्लङ्घन गरेको देखिएकोले सो ऐन, दफा ३६ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई जरिवाना गरिएको बीमा समितिले जनाएको छ ।

आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरूमा नेपाल पुनर्बीमा कं.लि., लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, एसियन लाइफ इन्स्योरेन्स कं.लि., सूर्या लाइफ इन्स्योरेन्स कं.लि., प्राइम लाइफ इन्स्योरेन्स कं.लि., ज्योति लाइफ इन्स्योरेन्स कं.लि., रिलायन्स लाइफ इन्स्योरेन्स कं.लि., सिटिजन लाइफ इन्स्योरेन्स कं.लि., प्रभु लाइफ इन्स्योरेन्स कं.लि. र महालक्ष्मी लाइफ इन्स्योरेन्स कं.लि. रहेका समितिका कार्यकारी निर्देशक एवम् प्रवक्ता राजुरमण पौडेलले जनकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights