४ वर्ष
जल तथा मौसम विज्ञान विभागले शुक्रबार काठमाडौंका नदी किनारको यात्रामा सजगता अपनाउन आग्रह गरेको छ । पछिल्लो ४ घन्टामा काठमाडौं उपत्यकामा भारी वर्षा मापन भएको भन्दै विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
नदीमा जलसतह बढ्दो क्रममा रहेकाले नदी किनारको बाटोमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
’पछिल्लो ४ घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ । हनुमन्ते, मनोहरा, वाग्मती र यसका सहायक नदीमा जलसतह बढ्दो छ, नदी किनारको बाटो भई यात्रा गर्दा अर्को ३ घण्टा उच्च सतर्कता अपनाऔं ।’– विभागले भनेको छ ।
विभागले शुक्रबार देशभरका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया