☰ open

अधिकांस स्थानीय तहको बजेट आज सार्वजनिक

२०७९ असार १०, शुक्रबार ११:३६
media khavar

देशभरका अधिकांस स्थानीय तहले आज बजेट सार्वजनिक गर्दैछन् । केही स्थानीय तहले बजेटसँगै निति तथा कार्यक्रम पनि सर्वजनिक गर्दै छन् ।

संघिय व्यवस्थाहनुसार असार १० गतेभित्र सबै स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट पेश गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुसार धेरैजसो स्थानीय तहहरुले आज नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेका हुन् ।

केन्द्र सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याएका थिए । यसैको आधारमा स्थानीय तहहरुले बजेट ल्याउने गर्दछन् । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ ।

यो व्यवस्था स्मरण गराउँदै संघीय सरकारले स्थानीय तहलाई समयमै बजेट ल्याउन ध्यानाकर्षण गरएको थियो । समयमै बजेट नआएमा संघीय सरकारबाट सम्बन्धित स्थानीयत तहमा जाने अनुदान र राजश्व बाँडफाँटमा समस्या पर्ने चेतावनी अर्थ मन्त्रालयले दिनुभएको छ ।

यसअघि कतिपय स्थानीय तहले निर्धारित समयमा बजेट पारित गर्न नसक्दा वित्तीय अनुशासन कायम नभएको र पालिकाहरुले खर्च गर्न पनि नसकेको अवस्था थियो । फेरि पनि त्यस्तै अवस्था नआओस् भनेर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयको पत्रअनुसार असार १० बजेभित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्न निर्देशन दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights