media khavar
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं वागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्री फिर्ता बोलाउने निर्णय केही हतारमा भएको बताएका छन् । पार्टीको पोलिटब्यूरो बैठकपछि उनले अलि हतारमा निर्णय भएपनि भोलि साँझसम्म फेरबदल हुने बताए ।
‘पहिले हामीले गरेको निर्णय पनि अपरिपक्व जस्तै भयो,’ उपाध्यक्ष पाण्डेले भने, ‘किनभने बजेटको छलफल चलिरा’थ्यो । सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले आफ्नो प्रतिक्रिया दिनुपर्ने हुन्छ । सांसदहरूको उत्तर दिनुपर्ने हुन्छ । अर्लि निर्णय ग’यौँ ।’
अब मन्त्रीहरूले जवाफ दिइसकेकाले फिर्ता हुनुपर्ने उनले बताए । ‘अब उहाँले जवाफ दिइसक्नुभो, त्यसोभएको हुनाले अब फर्किनुपर्ने हुन्छ,’ उनले भने ।
मन्त्रीहरूले फिर्ता हुन आनाकानी गरिरहेको विषयमा जवाफ दिँदै भोली बेलकासम्म फिर्ता भइसक्ने बताए । उनले भने, ‘फेरबदल हुने–नहुने भोलि बेलुकासम्म थाहा हुन्छ । यी साथीहरू जान्छन् । नयाँ साथीहरू आउँछन् ।’
‘मै हो बसेर चिठ्ठी बनाउने, कल्लाई–कल्लाई कुन मन्त्री बनाउने भनेर,’ उनले भने, ‘उहाँहरू गुटुटुटु दौडेर मन्त्री भएको होइन । त्यस्तै अर्को चिठ्ठी जान्छ, त्यसैले फिर्ता हुन्छ ।’ एउटा ज्युँदो पार्टीभित्र विवाद हुने पनि उनले बताए ।
मन्त्रीहरूले पार्टी छाडिदिन्छु भन्ने धम्की दिएको विषयमा पत्रकारको जिज्ञासामा पाण्डेले भने, ‘उहाँहरू पार्टी छोड्न सक्नुहुन्न अहिले । छोड्ने ताकत छैन । छोड्न नपर्ने भाहुनाले छोड्दिउँ–छोड्दिउँ भन्या मात्रै हो ।’




फेसबुकबाट तपाईको प्रतिक्रिया