media khavar
कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले रासायनिक मल अभाव हुनुमा ठेकदार दोषी रहेको बताएका छन् । १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रममा बोल्दै मन्त्री राय यादवले मलको ठेक्का प्रणाली राम्रो नभएको बताउनुभयो । उनले निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने सोच्ने बेला आएको पनि बताए ।
अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि हुनु र ठेक्का पाएका ठेकदारको बेवास्ताका कारण मल ल्याउन नसकिएको मन्त्री यादवको भनाई छ । मन्त्री यादवले लागेको ठेक्काबाट पनि मल नआएको बताएका छन् । भारतले लामो समयपछि मंगलबार १५ हजार मेट्रिकटन रासायनिक यूरिया मल दिने भनेको पनि मन्त्री यादवले जानकारी दिए ।
अहिले कृषकलाई यूरिया मल अभाव भएको बताउँदै उनले डिएपी भने पुग्ने र आउने क्रममा रहेको मन्त्री यादवको भनाई छ । मलको ठेक्का प्रणाली राम्रो नभएको भन्दै मन्त्री यादवले पेट्रोलियम पदार्थ आयात गरेजस्तै मल आयात गर्नुपर्ने बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया