४ वर्ष
अविरल वर्षासँगै आएको बाढीका कारण पूर्व–पश्चिम राजमार्गको नवलपरासी सडक खण्ड अवरुद्ध भएको छ । नवलपरासीपूर्व नवलपुरको अरुणखोला दुम्किबास सडक बीचमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि सडक अभरुद्ध भएको हो ।
नवलपरासीपूर्व नवलपुरको अरुणखोला दुम्किबास सडक बीचमा निर्माण गरिएको ५ मध्ये ३ वटा डाइभर्सन बाढीले बगाएको प्रहरीले बताएको छ । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पुल निर्माण स्थलमा डाइभर्सन निर्माण गरिएको थियो ।
अहिले सो राजमार्गमा यातायात अवरुद्ध हुनुका साथै सयौं यात्रु अलपत्र परेको नवलपुरका सूचना अधिकारी जयराम वन्तले बताए । वर्षा नरोकिएकाले डाइभर्सन तत्काल मर्मत गर्न सम्भव नभएको प्रहरीले बताइएको छ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया