☰ open

पूर्वप्रधानमन्त्र ओलीले मेसिनमार्फत धान रोपेपछि…

२०७९ असार १५, बुधबार १५:२४
media khavar

पूर्वप्रधानमन्त्र तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रोपाइँ महोत्सवमा सहभागी हुदै मेसिनमार्फत धान रोपेका छन् ।

भक्तपुरको सिरुटारमा बुधबार राष्ट्रिय धान दिवसको अवसरमा आयोजित रोपाइँ महोत्सवमा ओलीले सोमार्फत धान रोपेर रोपाई सुरु गरिएको थियो ।

ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि रोपाइँ महोत्सवमा पुगेकी थिइन् । रोपाइँ महोत्सवमा ओलीले छोटो सम्बोधन पनि गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights