☰ open

बेरुजु फछ्र्यौटलाई अभियानका रुपमा अघि बढाऔँ : राष्ट्रपति भण्डारी

४ वर्ष

राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले बेरुजु बढिरहेको देखाएकाले बेरुजु फछ्र्याैटलाई अभियानका रुपमा अघि बढाइनुपर्नेमा जोड दिएकी छन् ।

महालेखा परीक्षकको कार्यालयको ६४ औँ वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्नुहुँदै उहाँले अभियानका रुपमा बेरुजु फछ्र्याैट गरेपछि बेरुजु राख्न नदिने गरी आर्थिक अनुशासन पालना गरिनुपर्ने बताईन ।

आर्थिक शुद्धताले नै सुशासन कायम गर्न सहयोग गर्ने भएकाले यसमा सरोकार भएका सबै निकायको ध्यान जानुपर्ने राष्ट्रपति भण्डारीले बताएकी छन् । “महालेखापरीक्षकको प्रतिवेदनमार्फत् उठेका विषयलाई केन्द्रीय संसद्, प्रदेशसभा, र स्थानीयसभाले गम्भीर रुपमा लिएर दोहो¥याउन दिनुहुँदैन, उनले भनिन्, सार्वजनिक वित्तीय व्यवहारमा पारदर्शीता हुनुपर्छ, सार्वजनिक वित्त व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रतिवेदनले काम गरेको छ”,।

फेसबुकबाट तपाईको प्रतिक्रिया