म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका वडा नम्बर १ गुर्जामा उच्च घनत्वको स्याउ खेती विस्तार गरिएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उक्त स्याउका बिरुवा गुर्जामा रोपिएको हो । यसपाली गुर्जामा उच्च घनत्वको सात सय कलमी बिरुवा रोपिएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
“गुर्जामा जिल्लामै पहिलो पटक स्याउखेती गरिएको छ । “हावापानी, वातावरण र अनुकूल भूगोल भएकाले गत वर्षदेखि गुर्जामा उच्च घनत्वको स्याउ खेती थालिएको कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिए ।
।”निर्देशनालयको ५० प्रतिशत अनुदान सहयोगमा ती बिरुवा लगाइएकामा गत वर्ष कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदान सहयोगमा २५६ र वडाको प्रस्तावमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा ५९२ वटा बिरुवा रोपिएको उहाँले बताउनुभयो ।
गुर्जाको हिमाली कृषि सहकारी संस्थाले बाँझो जमिनको झाडी फाँडेर, घेराबार गरी स्याउको बगँैचा बनाइएको छ । गुर्जाको नाइलीबाङमा २६ किसानले करिब २० रोपनी जग्गामा स्याउ खेती गरेका छन् । गुर्जाको स्याउ खेती भएको ठाउँको उचाइ समुद्री सतहदेखि दुई हजार ७०० मिटर छ ।
अन्यत्र यही उचाइमा खेती सफल भएकाले गुर्जामा पनि स्याउ खेती भित्र्याइएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने भएकाले उच्च घनत्वको स्याउ खेतीप्रति किसानको आकर्षण बढेको छ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया