☰ open

जसपा फुटको नजिक, सहमतिमै अलग हुने यादव र भट्टराई

२०७९ असार १६, बिहीबार १४:२९
media khavar

जनता समाजवादी पार्टी (जसपा) फुटको नजिक पुगेको छ । वैकल्पिक शक्ति बनाउने उद्देश्यका साथ पार्टी एकता गरेको भए पनि त्यसलाई संगठनात्मक स्वरुप दिन नसकेकाले अब सहमतिमै फुट्ने भएको हो ।

संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले बुधबार साँझ यादवलाई बोलाएर अलग हुने प्रस्ताव राखेका थिए । वैकल्पिक शक्ति बनाउने उद्देश्यका साथ पार्टी एकता गरेको भए पनि त्यसलाई संगठनात्मक स्वरुप दिन नसकेकाले अब सहमतिमा छुट्नुपर्ने भट्टराईको प्रस्ताव थियो ।

त्यसमा जसपाका अध्यक्ष उपेन्द्र यादव पनि सहमत भएको भट्टराई निकट एक केन्द्रीय सदस्यले बताएका छन् । उपेन्द्र यादव पक्षका नेताहरुले पनि दुई नेताबीच सहमतिमै अलग हुने सहमति भएको पुष्टि गरे । सिंहदबारमा भएको छलफलमा यादवले आफूले जानुस् भनेर नभन्ने तर अलग्गिने इच्छा छ भने नरोक्ने जवाफ दिएका उनी निकट स्रोतले जनाएको छ ।

नेताहरुका अनुसार सहमतिमा अलग हुँदा केन्द्रीय सदस्य र सांसदहरुलाई कता जाने हो रोज्न दिने भनिएको छ । तर हालको अवस्था हेर्दा यादव पक्षको बहुमत भएकाले जनता समाजवादी पार्टीको आधिकारिकता यादवसँग रहने सम्भावना छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights