२०७९ असार १७, शुक्रबार १०:२२
media khavar
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र महानायक राजेश हमालबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न हमाल आज बिहान खुमलटारस्थित निवास पुगेका थिए ।
चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधूप चलिरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।
भेटमा सहभागी संगीतकार चेतन सापकोटाले भने समसामयिक राजनीतिक, नेपाली चलचित्र क्षेत्रका समस्या र समाधानका उपाय लगायतका विषयमा कुराकानी भएको जानकारी दिए ।
भेटको चाँजोपाँजो सापकोटाले नै मिलाएका थिए । एकछिन सामूहिक भेटवार्ता भएपछि पछि प्रचण्ड र राजेश हमालमात्र बसेर छलफल गरेको सापकोटाले बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया