☰ open

माओवादी केन्द्र : केन्द्रीय समिति बैठक बस्दैछ, पदाधिकारी टुंगो लगाउने सम्भावना कम

२०७९ असार १९, आईतवार ११:१०
media khavar

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । राष्ट्रिय सभागृहमा आइतबार आज बिहान ११ बजे बैठक बोलाइएका छ । तर, यो बैठकले पनि पदाधिकारी टुंगो लगाउने सम्भावना कम देखिएको नेताहरुको भनाई छ ।

माओवादीले गत मंसिरमै आठौं महाधिवेशन गरेको थियो । हलबाट केन्द्रीय कमिटी घोषणा गरेको माओवादीले कमिटीमार्फत पुष्पकमल दाहाल प्रचण्डलाई फेरि अध्यक्ष चुनेको थियो । तर पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो समेत बनाएको छैन ।

केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे रिपोर्टिङ गर्नेछन् । अध्यक्ष प्रचण्डले पदाधिकारी, स्थायी कमिटी र पोलिटव्यूरो प्रस्ताव गर्ने कार्यसूची छ । तर महासचिवबारे कुनै सहमति नजुटेको र निर्वाचनमा जाने तयारी पनि नभएकाले यो बैठकले पदाधिकारी टुंगो लगाउने सम्भावना कम देखिएको एक केन्द्रीय सदस्यले बताए ।

शनिबार साँझ बसेको पूर्वस्थायी कमिटीका पूर्वपदाधिकारीको बैठकमा पनि यसबारेमा कुनै सहमति नभएको एक नेताले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights