☰ open

नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालयमा जारी

२०७९ असार १९, आईतवार १३:०९
media khavar

नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केही बेरअघिबाट बैठक जारी छ ।

आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र समसामयिक राष्ट्रिय राजनीतिबारेको छलफल बैठकका मुख्य एजेण्डा छन् ।

त्यस्तै प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय गरिने बताइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights