२०७९ असार २०, सोमबार ०८:५६
media khavar
जनता समाजवादी पार्टी नेपाल (जसपा) ले मधेस प्रदेशका सांसद कौशलकुमार यादवलाई कारबाही गरेको छ ।
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको निष्कर्ष निकाल्दै जसपा जिल्ला समन्वय समिति महोत्तरीको बैठकले सांसद यादवलाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरेको हो ।
जसपा महोत्तरी जिल्ला समन्वय समितिका अध्यक्ष रामप्रकाश यादवले विज्ञप्तिमार्फत यादवमाथिको कारबाहीबारे जानकारी गराएका छन् । महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद यादव संविधानसभा सदस्य पनि हुन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया