मिडियाखबर

स्वतन्त्र नेपाली नागरिकः राकेश कुमार शर्मा
मुलुकलाई विखण्डन र विलय गराउँछु भन्नुमा म दोषी होइन । जनता, सांसद र नेताहरु दोषी हुन । मुलुकका जनता नै राष्ट्रघाती भएकोले मुलुकको वास्तविक शत्रु भनेका जनता नै हुन् । यस्तो परिस्थितिको संकेत देखिनुमा ९० प्रतिशत नेपाली जनता, सांसदहरू र नेताहरु दोषी हुन् । म एक जनाले मात्र विरोध गर्नुको कुनै औचित्य छैन । वास्तवमा हामीले हरेक निर्वाचनमा हाम्रो मान्छे होईन, राम्रो मान्छेलाई चयन गर्न नसक्नु जनताको नै कमजोरी हो । आफ्नो नेता तथा सांसदहरूले गलत काम गरेमा हामीले आफ्नो मान्छे नभनि राम्रो कामको तारिफ र नराम्रो कामको विरोध गर्नुपर्ने हुन्छ ।
स्व. राजा बिरेन्द्र शाह देशभक्त र उदारवादी भएका कारण नेपालमा हत्याकाण्ड हुन गयो । श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह उदारवादी र देशभक्त भएका कारणले सत्ता छोडनुपर्ने अवस्था आएको हो । राजसंस्थाले गर्दा नै मुलुक नेपाल कुनै देशको गुलाम हुन बाट जोगिएको हो । तर नब्बे प्रतिशत नेपालीले मुलुकमा रहेको राजसंस्थाको महत्वलाई बुझ्न सकेनन् वा बुझ्नै चाहेनन् त्यसकारण जनताले सदाका लागि राजसंस्थाको अन्त्य गर्न दलहरुलाई साथ दिए । एउटा राजा फालेर उनीहरुले अहिले धेरै राजाहरु पालेका छन् ।
मुलुकलाई विखण्डन र विलय गराउँछु भन्न मलाई सोच, मनोबल, आँट, हिम्मत र साहस स्व. गिरिजाप्रसाद कोइराला, स्व. सुशीलप्रसाद कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गगन थापा, पुष्पकमल दाहाल (प्रचण्ड), अग्नि सापकोटा, जनार्दन शर्मा, बाबुराम भट्टराई, के.पी.शर्मा ओली, सुभाषचन्द्र नेम्वाङ, विष्णु पौडेल, योगेश भट्टराई लगायतका नेताहरू र नब्बे प्रतिशत जनताका कारण यस्तो भन्न बाध्य बनाएका हुन् । मैले मुलुकलाई विखण्डन र विलय गराउँछु भन्नुमा म दोषी होइन ।
के.पी. शर्मा ओलीले आफ्नो जन्म दिनको केकमा नेपालको नक्सा बनाएर केक काटदासम्म चुइक्क नबोल्ने, विरोध नगर्ने ९० प्रतिशत नेपाली नै हुन् । केकमा नेपालको नक्शा बनाएर केक काटनु उचित काम हो त ? नेपालको नक्सामा केक बनाएर काट्दा नेपाली नागरिकको राष्ट्रियता कहाँ थियोे ? बाबुराम भट्टराईले मुलुकको नाम नेपाल हटाउनु पर्छ भन्दा नेपाली जनताको राष्ट्रियता कहाँ गएको थियो ? मैले विखण्डन गर्छुभन्दा के को विरोध ? यसकारण जे भन्नुपर्ने हो, आफ्ना नेताहरु र आफ्नो ६०१ जना सभासद र ८८४ जना सांसदहरूलाई भन्न अनुरोध गर्दछु ।
हाम्रो मुलुकमा संघीयता अर्थात् प्रदेश सरकार चाहिएको नै थिएन । हाम्रो मुलुकमा संघीयता अर्थात प्रदेश मुलुकलाई टुक्रा गर्नका लागि नै ल्याइएको भन्ने मेरो ठोकुवा हो । सातवटा प्रदेशको नाममा मुलुक टुक्रा गर्ने यिनै सभासद, सांसद, नेताहरू र जनता नै हुन् । संघीयता कारणले मुलुकमा उल्लेखनीय विकास नै के भएको छ ? प्रदेश सरकारको नाममा मुलुक टुक्रा गराउने नेताहरूलाई भोट हाल्ने पनि यिनै जनताहरु हुन् ।
नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी तथा सुरक्षाकर्मीलाई मेरो विशेष अनुरोध के छ भने मेरो भनाइलाई अन्यथा अर्थ नलगाईयोस् । मैले भन्न खोजेका विषयमा गम्भीर हुने र वास्तविकता बुझ्ने प्रयत्न गर्नुहोला । म दोषी होइन । ६०१ जना सभासद, ८८४ जना सांसद, नेतागण र नब्बे प्रतिशत जनताहरु नै दोषी हुन् । मैले अब मुलुकलाई विखण्डन र विलय गराउँछु भन्ने उर्जा सांसद, नेता र नब्बे प्रतिशत जनताले नै दिएका हुन् ।
६०१ जना सभासद, ८८४ जना सांसदहरू र नेताले मुलुकको सवालमा राष्ट्रघाती कामहरु जे जे गर्दा पनि ठिक छ भन्ने र रमाउने जनता आज मैले मुलुकलाई विखण्डन गर्छु भन्दा मलाई दोषीको उपमा दिएर किन विरोध गर्ने ? दोषी म होइन ? दोषी सांसद, नेता र जनता नै हुन् । यसकारण मेरो विरोध गर्नुको कुनै औचित्य छैन । वास्तविकरूपमा आफुले चुनेर पठाएका ८८४ जना सांसद र नेताहरूको नराम्रा कामको विरोध गर्ने र राम्रो कामको तारिफ गर्ने काम नेपाली जनताले गर्नुपर्छ, अनि मात्र सच्चा देशभक्ति कहलाईन्छ ।
म त अहिले पनि भन्छु, मुलुकको हितमा राजसंस्था थियोे । तर जनताले राजसंस्थाको महत्वलाई बिगतमा पनि कदापि बुझेनन र हालको वर्तमान समयमा पनि बुझ्न सकेका छैनन् । अझै जनताहरुले राजसंस्थाको विरोध गर्छन । नब्बे प्रतिशत जनता अवसरवादी, स्वार्थी र दहीचिउरे भएका कारण मुलुकमा आर्थिक संकटको अवस्था आएको छ । नब्बे प्रतिशत जनतालाई राष्ट्रियतासंग सरोकार नै छैन भन्दा गलत नहोला कि ? जेसुकै होस देखाजाला भन्ने चलन नेपालमा चलि आएकै हो । मुलुकको जनता नै राष्ट्रघाती छन्, मुलुकमा विकृति, बेथिति, अराजकता, अस्थिरता र द्वन्द्वको वास्तविक जड भनेको जनता नै हुन् ।
नेपाललाई गुलाम बन्न र हुनबाट बचाउने र जोगाउने एक मात्र राजसंस्था हो । मुलुकको हितमा राजसंस्था थियोे । तर, नब्बे प्रतिशत नेपालीले राजसंस्थाको महत्वलाई बुझेको खोई ? अब मुलुकमा अन्तर्राष्ट्रिय शक्तिहरूको तत्काल आवश्यक छ ।
नेपालीलाई गुलाम हुनबाट बचाउन र जोगाउन राजसंस्था अन्तर्राष्ट्रिय शक्तिहरुसंग सदैव बाधकको रूपमा खडा भयो । नब्बे प्रतिशत नेपाली जनताले राजसंस्थाको महत्वलाई नबुझेर नै राजसंस्थाको अस्तित्वलाई सदाका लागि समाप्त पारे । मुलुकमा अराजकता, अस्थिरता, द्वन्द्वको जड र दोषी नै नब्बे प्रतिशत नेपाली जनता हुन् । अन्तर्राष्ट्रिय शक्तिहरुले नेपाललाई गुलाम नबनाएकोले नेपाली मात्तिएका हुन् । हामीलाई देशप्रतिको अलिकति पनि माया मोह छैन, नेपालीलाई चेतना, पीडा र दुःखको अनुभव र महसुस कहिल्यै भएको छैन ।
राजा ज्ञानेन्द्र शाह उदारवादी र देशभक्त हुन कसैले बुझे ? तर नब्बे प्रतिशत जनताले राजसंस्थाको मुल्यांकन गर्न सकेनन र राजसंस्थाको महत्वलाई रद्दीको टोकरीमा फाल्ने काम गरे । आज मुलुकमा आर्थिक संकट छ, महंगी बढेको छ । मनपरि तरिकाले खानेतेल, पेट्रोल, डिजल र ग्यासलगायत दैनिक उपभोग्य बस्तुको भाउ दिन प्रतिदिन बढ्ने क्रममा छ । यो क्रम कहिले रोकिन्छ भन्न सकिन्न ।
तैपनी हामी नेपालीलाई कुनै गुनासो र पीडा छैन, नेपालीहरु रमाएका छन र खुशी छन् । झोलेहरुले विरोध गर्न सक्दैनन् । नब्बे प्रतिशत झोलेहरु नेताहरूको दास र गुलाम बनेका छन । नब्बे प्रतिशत नेपाली नागरिक ताक परे तिवारी नत्र गोतामे छन, दहीचिउरे, मासु भात, रक्सी, पैसामा बिकेका छन्, उनीहरु आफ्नो ब्यक्तिगत स्वार्थ र अवसरवादीको चंगुलमा छन् । नेपाललाइ कुनै मुलुकले आजसम्म गुलाम बनाएन्, तसर्थ नेपालमा सोचेजस्तो विकास हुन सकेको छैन । हामीभन्दा तल्लोस्तरका देशहरुले गरेको प्रगतिबाट हामीले कहिले पाठ सिक्ने होला ?
भारतलाई अंग्रेजले गुलाम बनायो भारतवासीले अंग्रेजबाट धेरै कुराहरू सिखेर आफ्ना कमिकमजोरीहरु पत्ता लगाए । भारतवासीले धेरै ज्ञान र अनुभवहरु हासिल गरे । अंग्रेजले भारतलाई धेरै कुराहरू सिकाएर गएकोले आज भारतले विकासका काममा दिन प्रतिदिन फड्को मारिरहेको छ । भारत अहिले विश्वको विकासित देशमा गनिएको छ । त्यसैले म ठोकुवाकासाथ भन्छु नेपाललाई आजसम्म कुनै पनि मुलुकले गुलाम नबनाएकोले नेपालीहरु मात्तिएका हुन् ।
मुलुकमा दलीय व्यवस्था, दलीय नेताहरू र दलीय सांसदहरू असफल भएका छन् । नेपालका राजनैतिक दलका शिर्ष नेतागणहरुले सफलतापुर्वक मुलुक हाक्न सकेनन् । उनीहरु पटकपटक असफल र असक्षम भएका देखिए । नेपालमा दीगो, छिटोछरितो विकास गर्न र मुलुक हाक्न अन्तर्राष्ट्रिय शक्तिहरू र अन्तर्राष्ट्रिय नेताहरू नै चाहिन्छ । मुलुकका जनता नै राष्ट्रप्रेमी छैनन् । मुलुकको विकासको वास्तविक बाधक नै नेपाल जनता हुन् ।
अब नेपालको साच्चै विकास गर्ने हो भने हरेक नेपालीले दलगत भन्दा माथि उठेर केवल केवल देशको हितमा सोचेर काम गर्नुपर्ने भएको छ । नत्र अहिले भएका जुन नेता देशको उच्च पदमा पदाशिन भएपनि देशमा विकासको कल्पना गर्नु भनेकोे गोरु ब्याउनु बराबर हो । सबैलाई चेतना भया ।
फेसबुकबाट तपाईको प्रतिक्रिया