media khavar
अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै नेकपा एमाली निकट राष्ट्रिय युवा संघमा आबद्ध व्यक्तिले प्रदर्शन गरेका छन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा संलग्न गराई कुनै स्वार्थ समूहको इसारामा करको दर हेरफेर गरिएको भन्दै शर्मालाई बर्खास्त गर्न माग गर्दै हनुमानस्थान अनामनगरमा उनीहरुले प्रदर्शन गरेका हुन् ।
अर्थ मन्त्रालयका गतिविधिको विषयमा सिसिटिभी फुटेज माग्दा हटाइएको भन्ने जवाफ आएपछि चौतर्र्फी आलोचना भएको छ । फुटेज हटाउने वा ‘सिसिटिभी जडान तथा सञ्चालन कार्यविधि’ उल्लंघन गर्ने काममा संलग्न व्यक्ति वा निकाय वा दुवैलाई तत्काल कानुनबमोजिम कारबाही गर्नसमेत उनीहरूले माग गरेका छन् ।
सूचनाको हकको निवेदन राखी अर्थ मन्त्रालयमा बजेट तयारीको अघिल्लो दिनको सिसिटिभी फुटेज माग गर्दा मन्त्रालयले हटिसकेको जवाफ दिएको थियो । त्यसको सर्वत्र विरोध भएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया