☰ open

विचाराधीन नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

२०७९ असार २१, मंगलवार १८:३७
media khavar

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक सरकारले तत्काल फिर्ता भएको हो ।

सरकारले २०७५ सालमै ल्याएको नागरिकता विधेयकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको छ ।

तर उक्त विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद भईरहेको छ ।

नागरिकता विधेयक पारित नहुँदा जन्मका आधारमा नेपाली नागरिकता पाएका नागरिकको सन्तानले नागरिकता पाउन सकेका छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights