☰ open

जन्मसिद्धका आधारमा कानून बनाएर नागरिकता दिन तयार : महतो

२०७९ असार २२, बुधबार १७:११
media khavar

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले जन्मसिद्धका सन्तानहरुलाई नागरिकता दिने सवालमा सहमति जुटेको बताए।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले जन्मसिद्धका सन्तानलाई संविधानको व्यवस्था अनुसार कानून बनाएर नागरिकता दिन सरकार तयार भएको बताए ।

उनले संसदमा रहेको पुरानो नागरिकता विधेयक फिर्ता गरेर नयाँ विधेयक लगि पारित गर्न सरकार सहमत भएको उल्लेख गर े। नयाँ विधेयक संसदमा लगेर पारित गर्न सम्भव भएको उनको भनाइ छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights