☰ open

प्रचण्डले प्रस्ताव गरेको पोलिटब्यूरो सदस्यहरुको नाममा विवाद

२०७९ असार २३, बिहीबार १५:५६
media khavar

नेकपा माओवादी केन्द्रले गठन गरेको पोलिटब्यूरो सदस्यहरुको नाममा विवाद भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको पोलिटब्यूरो सदस्यहरुको नाममा विवाद भएपछि केन्द्रीय समिति बैठक स्थगित केहीबेरका लागि गरिएको छ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले १२५ सदस्यीय पोलिटब्यूरोमा परेकाहरुको नाम पढेर सुनाएका थिए। तर बैठकमा सहभागी नेताहरुले सार्वजनिक नामको विरोध गरेपछि प्रचण्डले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन्।

प्रचण्डले उक्त नामहरुको २ ३ वटा लिस्ट भएको र त्यसबाट मिलाउँदा यस्तो अवस्था आएको बताउँदै स्थायी कमिटीले फाइनल गर्ने र सर्कुलर पठाउने बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights