☰ open

फेरि थप दुई जनामा हैजा, हैजाका विरामी २३ पुगे

२०७९ असार २३, बिहीबार १८:४२
media khavar

काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले गए राति थप दुई जनामा हैजाको बिरामी भेटिएको जानकारी दिनुभयो । ती दुवै जनाको अहिले उपचार भइरहेको छ ।

जिल्लाको कागेश्वरी मनहरा नगरपालिकाका वडा नम्बर ६ का १२ वर्षीय बालक र काठमाडौँ महानगर वडा नम्बर १३ का ५८ वर्षीय पुरुषमा हैजा भेटिएको उनले बताए । थप दुई जनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भएको छ ।

उनका अनुसार १२ वर्षीय बालकको कागेश्वरी मनहरास्थित स्थानीय अस्पतालमा र काठमाडौँका ५८ वर्षीय पुरुषको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म तीन जनाको उपचार र अन्य उपचारपछि घर फर्किसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights