☰ open

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार

२०७९ असार २४, शुक्रबार १०:११
media khavar

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको बेला उनीमाथि पछाडिबाट गोली प्रहार भएको हो ।

जापानका मिडियाहरुका अनुसार उनी बेहोस अवस्थामा छन् । समाचार एजेन्सी एनएचकेका अनुसार गोली लागेको ठाउँबाट रगत बगिरहेको थियो । त्यसपछि उनलाई हृदयाघात भएको हुनसक्ने अनुमान छ ।

उनलाई नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको छ । उनको अवस्था गम्भीर छ । गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights