☰ open

प्रतिनिधि सभाको बैठकमा आज नागरिकता विधेयक फिर्ता लिने

२०७९ असार २४, शुक्रबार १०:२०
media khavar

संघीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजे सुरू हुनेछ ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६, माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७९ पेस गर्ने छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights