☰ open

प्रचण्डालाई ओलीको प्रश्न : के का लागि हतियार उठाए ? महान जनयुद्ध के पाएर छाडे ?

२०७९ असार २४, शुक्रबार १६:२३
media khavar

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धले निहत्था मान्छेको हत्या र राज्यको अर्बौ क्षति पुर्याउँनुबाहेक कुनै पनि औचित्य पुष्टि गर्न नसकेको बताएका छन् ।

शान्ति प्रक्रियामा आइसकेपछि माओवादीले हत्या गरेका ओखलढुंगाका एमाले नेता छबी कार्कीको स्मृतिमा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले १७ हजार मान्छे मारेर माओवादीले के पायो ? भन्ने जवाफ दिनुपर्ने बताए ।

ओलीले भने–माओवादीले के का लागि हतियार उठाएको थियो ? आजसम्म उसले जवाफ दिएको छैन । आजको प्रश्न सुनेर भोलि पर्सी प्रचण्डले जवाफ दिए हुन्छ । महान जनयुद्ध उनीहरुले के पाएर छाडे ? बहुदलीय व्यवस्था र विघटित संसदको पुनस्र्थापनाको लागि १७ हजार मान्छे मारेको हो ? फास्ट ट्र्याकबाट सत्तामा जानेबाहेक अरु कुनै उद्देश्य थिएन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights