☰ open

संवैधानिक नियुक्ती गर्दा बहुमत नचाहिने

२०७९ असार २६, आईतवार १५:३६
मिडियाखबर

संवैधानिक निकायमा कसैलाई नियुक्ती गर्दा बहुमत नचाहिने व्यवस्थासहितको संवैधानिक परिषद् ऐनको संशोधन विधेयक सरकारले राष्ट्रिय सभामा दर्ता गराएको छ।

संशोधन विधेयकमा संवैधानिक परिषद्का अध्यक्ष बोहक बहालवाला दुई जना सदस्यले मात्र पनि नियुक्तिको निर्णय गर्न पाउने व्यवस्था गरिएको छ।

विध्यमान ऐनअनुसार परिषदमा ६ जना सदस्य रहने व्यवस्था छ। कुनै पनि निर्णय गर्दा ती सदस्यबीच सहमतिको प्रयास गर्ने र त्यो प्रयास असफल भए बैठकमा सहभागी सदस्यहरुको बहुमतबाट निर्णय गर्ने प्रावधान छ। साथै परिषदका अध्यक्षसहित कम्तिमा चार जना सदस्य उपस्थित भए भने गणपूरक संख्या मानिन्छ।

परिषद अध्यक्षमा प्रधानमन्त्री हुन्छन भने अन्य सदस्यमा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीस, प्रमुख प्रतिपक्ष दलका नेता र प्रतिनिधि सभाका उपसभामुख हुन्छन्।

संशोधनका लागि ल्याइएको विधेयकअनुसार कुल सदस्य संख्याको ५० प्रतिशत सदस्य उपस्थित भए बैठक बस्न सक्छ। यो व्यवस्था अनुसार कुल सदस्यमध्ये ३ जना मात्र उपस्थित भए पुग्छ। यसलाई बैठकमा गणपूरक संख्या पुगेको मानिन्छ। यसैगरी अध्यक्षबाहेक पचास प्रतिशत बहालवाला सदस्यले कुनैपनि निर्णय गर्न सक्नेछन्।

संशोधन विधेयकमा बैठकमा अध्यक्षसहित सबै सदस्यहरुबीच समहति हुन नसके अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा पचास प्रतिशत सदस्यको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था उल्लेख छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights