☰ open

संवैधानिक परिषद् विधेयक फिर्ता लिन कोइरालाको माग

२०७९ असार २७, सोमबार १५:४७
media khavar

नेपाली कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले संवैधानिक परिषद् विधेयक फिर्ता लिनुपर्ने बताएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक नियुक्ति गर्न सक्ने प्रावधान राखेर विधेयक ल्याएको विषयमा चौतर्फी विरोध भइरहेको बेला कोइरालाले पनि उक्त विधेयक फिर्ता लिनुपर्ने बताएका हुन्।

तत्कालीन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोही प्रावधान राखेर विधेयक ल्याउँदा सभापति देउवाले विरोध गरेका थिए। तर, अहिले उनैले सो प्रावधान समेटेर विधेयक दर्ता गरेपछि पार्टी भित्र बाटै विरोध भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights