☰ open

अध्यक्ष दाहालसँग लिउ जियानचाओको भेट

२०७९ असार २७, सोमबार १९:१७
media khavar

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले शिष्टाचार भेटवार्ता गरेका छन् ।

चारदिने नेपाल भ्रमणमा रहेका सिपिसीका विदेश विभाग प्रमुख लिउले आज अपराह्न अध्यक्ष दाहाल निवास खुमलटार पुगी भेटवार्ता गरेका हुन । भेटवार्तामा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता कृष्णबहादुर महरा, वर्षमान पुन, देवप्रसाद गुरुङ र नेत्री पम्फा भुसाल पनि सहभागी थिए ।

भेटवार्ताका क्रममा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights