☰ open

चालु वर्षको ११ महिनामा मूल्यवृद्धि ८.५६ प्रतिशत, काठमाडौंमा झण्डै तीन गुणाले बढ्यो

२०७९ असार २८, मंगलवार ०९:२३
media khavar

चालु आर्थिक वर्षको ११ महिनामा समग्र मूल्यवृद्धि ८.५६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय अवस्था प्रतिवेदनअनुसार समीक्षा अवधिका समग्र उपभोक्ता मुद्रास्फीति ४.३७ प्रतिशतले वृद्धि भएको छ । गत आवको ११ महिनामा यस्तो मूल्य वृद्धि ४.१९ प्रतिशत थियो ।

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । २०७८ जेठको तुलनामा यस जेठमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यु तेलको मूल्य २२.६० प्रतिशतले बढेको छ ।

यस्तै दुग्ध पदार्थ तथा अण्डाको मूल्यवृद्धि ११.२२ प्रतिशत छ । सुर्तीजन्य पदार्थको मूल्यवृद्धि ९.७० प्रतिशत छ भने मदिराजन्य पेय पदार्थको र दाल तथा गेडागुडीको मूल्यवृद्धि क्रमशः ९.६८ र ९.१३ प्रतिशत छ ।

गैर खाद्य तथा सेवा उपसमूह अन्र्तगत यातायातमा २५.७९, शिक्षामा ११.६४ र फर्निसिङ तथा घरायसी उपकरण ८.२१ प्रतिशत पुगेको छ । यस्तै मनोरञ्जन तथा संस्कृति र घरायसी उपयोगका वस्तुहरुको उपसमूहको मुद्रास्फीति ८.२१ र ७.८४ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा काठमाडौंमा मूल्यवृद्धि झण्डै तीन गुणाले बढेको छ । चालु आवको ११ महिनामा मुद्रास्फीति काठमाडौं उपत्यकामा ८.३२ प्रतिशत, तराईमा ८.२९ प्रतिशत र पहाडमा ९.२८ प्रतिशत छ । यस्तै हिमाली क्षेत्रमा मुद्रास्फीति ८.९२ प्रतिशत पुगेको छ । गत आवको समीक्षा अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ३.८७, ४.४७, ४.३२ र १.७३ प्रतिशत थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights