☰ open

भोलि अर्थ मन्त्रालयसँग जनार्दन शर्मासँग सम्बन्धित कागजातहरुको विवरण मागिने

२०७९ असार २८, मंगलवार १८:११
media khavar

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय विशेष समितिले भोलि अर्थ मन्त्रालयसँग उनीसँग सम्बन्धित कागजातहरुको विवरण माग्ने भएको छ।

मंगलबार दिउँसो साढे १ बजेदेखि साँझ ५ बजेसम्म बसेको बैठकले समितिको कार्यविधि पारित गरेको छ। बुधबार दिउँसो फेरि समितिको बैठक बस्नेछ। उक्त बैठकले सभापतिको टुंगो लगाउने समितिले जनाएको छ

समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, पुष्पा भुसाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन्।

यस्तै नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाका सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छानबिन समितिमा छन्।

शर्माले अर्थमन्त्री हुँदा २०७९÷०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति लगेर करका दर हेरफेर गरेको आरोप लागेको थियो। उनको चौतर्फी विरोध भएपछि असार २३ गते उनले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights