☰ open

मलाई भनेको हो की भनेर बुझ्नु भएमा क्षमा : महामन्त्री थापा

२०७९ असार २९, बुधबार १३:१८
media khavar

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी नेकपा एमालेका अर्थ योजना विभाग सदस्य त होइन भन्दै व्यंग्य गरेका छन्।

बुधबार संसदको बैठकको शून्य समयमा बोल्दै उनले भने, ‘मैले यो नेपाल कम्युनिष्ट पार्टी एमालेको अर्थ योजना विभागका एम अधिकारीलाई मलाई भनेको हो की भनेर बुझ्नु भएमा क्षमा चाहन्छु ।’

नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी)मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश छन । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको आशंका गरिएको छ । यही विषयलाई इंगित गर्दै थपाले व्यंग्य गरेका हुन् ।

यो व्यंग्य गर्नु पहिले थापाले चलायमान मौदिक नीति ल्याउन आकाशिदो मूल्य वृद्धि, विदेशी मुद्रा संचिति, खस्कदो शेयर बजार, केही व्यापारी घरानाको कब्जामा रहेको अर्थतन्त्र जस्ता चुनौतीहरु सम्बोधन गर्न सुझाव दिएका थिए।

यसैगरी अर्थ योजना विभागका सदस्यको आशंकामा अन्य सांसदहरुले पनि गर्भनर अधिकारीलाई तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन्। माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई इंगित गर्दै भने, ‘मलाई शंका लागिरहेकै थियो।, बार्दली बा र यी बीच बा र छोराको नाता रहेछ, एउटाले बार्दलीमा बसेर नेपाललाई श्रीलंका बनाउँदैछन् भनिरहेको छ, एउटाले श्रीलंका बनाइरहेको छ।’

उनले नाम नलिकिनै गर्भनर अधिकारीलाई हनुमानको संज्ञा दिन पनि चुकेनन्। महतले भने, ‘द्धापर युगमा हनुमानले श्रीलंका जनाएका थिए। यिनले पनि नेपाल जलाउँदैछन्। यिनलाई बाँधेर राख्न म सरकारसँग माग गर्दछु।

यसैगरी माओवादी केन्द्रकी सांसद रेखा शर्माले अधिकारीलाई छानबिन गर्नुपर्ने माग गरिन्। यो राष्ट्र बैंकको ऐन विपरीत भएको भन्दै उनले भनिन्, ‘राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न माग गर्छु।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights