☰ open

मेयर बालेन र केशव स्थापितबीच पुनः जम्काभेट

२०७९ असार २९, बुधबार १३:२४
media khavar

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बालेन्द्रले स्थानीय चुनावमा एमालेबाट मेयर उम्मेदवार बनेका केशव स्थापितलाई भेटेका छन्।

चाबहिल–बौद्ध क्षेत्रमा सडक तथा ढलको अनुगमन गर्न पुगेका बालेनको संयोगवश स्थापितसँग भेट भएको हो।

भेटपछि स्थापितले साहलाई आफ्नो घरमा लगेका थिए। स्थापितको घरमा उनीहरुबीच कुराकानी भएको छ।

स्थापितले बालेनसँग काठमाडौं महानगरका लागि आफूले तयार पारेका योजना सुनाएका थिए। स्थापितले ‘काठमाडौं आफ्नो जन्मथलो भएकाले यहाँको विकासमा सहयोग पुर्याउन सधैँ आफू तयार रहेको बताएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights