☰ open

‘मै मोटी भएनी नाच्छु घुमेर’ सार्वजनिक ( भिडियो)

२०७९ असार २९, बुधबार १४:०९
media khavar

गीतकार वीरेन्द्र ढकालको लय तथा शब्द सिर्जनामा निर्माण गरिएको ‘मै मोटी भएनी नाच्छु घुमेर’ बोलको तीजको गीत सार्वजनिक भएको छ । तीज पर्व सुरु हुन केही समय बाँकी हुँदा गायिका सुनिता बुढा क्षेत्री र अमृता नेपालीको स्वरमा रहेको तीज गीत मङ्गलबार सार्वजनिक भएको हो ।

उक्त गीतमा टिकटकबाट ख्याति कमाएकी भावना आचार्य ‘लुरी’, गङ्गा शर्मा र सम्प्रिया खड्काको अभिनय छ । मदन खड्काको निर्देशन तथा राम केसीको छायाङ्कन रहेको उक्त गीतमा विकास ज्ञवालीले सम्पादन गरेका छन् ।

तीजलाई लक्षित गरेर निर्माण गरिएको उक्त गीतमा मुख्यतया आफू मोटो भएनी नाच्न सक्षम भएको तथा अरु कसैको चियोचर्चा गर्नुहुन्न, आफूमा जे छ त्यसमा खुसी हुनुपर्छ भन्ने भाव व्यक्त गर्न खोजिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights